अदालतको मु’द्धा कम’जोर बनाउन ओलीले रचेको नयाँ चाल हो – माधव समुह !

काठमाडौँ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेपछि माधव नेपाल समूहमा कम्पन पैदा भएको छ । एकता प्रस्तावलाई लिएर उक्त समूहका नेताहरु विभाजित देखिएका छन् । अध्यक्ष ओलीले माधव समूहको आधारभूत माग पूरा गर्दै पार्टीलाई ३ जेठको अवस्थामा फर्काउने घो’षणा गरेका थिए । साथै विगतका काम(कुरालाई लिएर पार्टीमा कसैलाई कारवाही नगर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।माधव नेपाल समूहले ओलीको उक्त प्रस्तावमाथि औपचारिक छलफल गर्न बाँकी छ । तर, दोस्रो तहका नेताहरुले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया हेर्दा समूहभित्रै फाटो आउनसक्ने देखिन्छ । ओलीको वक्तव्य आएपछि युवा नेता योगेश भट्टराईले तत्काल प्रतिक्रिया दिँदै एकता प्रस्तावको स्वागत गरेका थिए । उनी पार्टी एकता हुनुपर्ने पक्षमा पहिल्यैदेखि अडिक छन् । फेसबुकमा भट्टराईले लेखेका छन्, ‘एकता आह्वान मुलतः सकारात्मक छ । यसले पार्टीका शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु ।’ यो वक्तव्यले कार्यदल स्तरको छलफललाई निरन्तरता दिन बाटो खुलेको उनले बताएका छन् । माधव पक्षका हार्डलाइनर नेताहरु भने ओलीको वक्तव्यलाई सकारात्मक मान्न तयार छैनन् । अदालतमा आफूविरु’द्धको मु’द्दा कम’जोर पार्नका लागि ओलीले ‘नयाँ चाल रचेको’ उनीहरुको ठहर छ । केन्द्रीय सदस्य डा। विजय पौडेलले लेखेका छन्, ‘वक्तव्यको मूल उद्देश्य प्रतिगमनलाई सही हो भनेर स्वीकारिदिउन् भन्ने रहेछ । यो वक्तव्यको मूल आशय प्रतिगमन भाग(२ का पक्षमा वातावरण बनाउनु हो भन्ने प्रष्ट छ । यस्तो छली वक्तव्यलाई कुरा नबुझेर कतिपयले स्वागत गर्ने हतारो देखाएछन् । अर्का नेता जगन्नाथ खतिवडाले पनि ओलीको वक्तव्य भ्रामक रहेको बताएका छन् । ओलीले जेठ २ भन्नुपर्नेमा जेठ ३ भनेर जाल गरेको समेत उनको प्रतिक्रिया छ ।‘सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन लगाउने मात्रै उनको नियत देखिन्छ । अरु कुनै कुरामा उनले आफूलाई सच्याएका छैनन् खतिवडाले लेखेका छन्, ‘यो हाम्रो सहमतिको वक्तव्य हुँदै होइन ।’एमालेका संस्थापनपक्षीय नेताहरुले भने पार्टी एकताका लागि ओलीले फराकिलो छाति देखाएको दावी गरेका छन् । सामाजिक सञ्जालमा पनि ओलीको वक्तव्यलाई लिएर सकारात्मक प्रतिक्रिया छ ।- दैनिक न्युज नेपाल तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज