सिन्धुलीमा करेन्ट लागेर एक किशोरीको मृत्यु – thulo khabar

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका -७ बाँसकटेरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । सोमबार ११ हजार भोल्टेजको करेन्ट लागेर स्थानीय २१ वर्षिया शान्तीमाया थिङको घटनास्थलमै मृत्यु भएको हो। घरबाट सदरमुकाम सिन्धुलीमाढी जान्छु भनी हिँडेकी थिङको हावाहुरी आउँदा बिजुलीको ११ हजार भोल्टेजको तार चुँडिएर भुईँमा लत्रिएको र सोही कारण करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए।सोही स्थानका १५ वर्षिया गिता पाण्डे सामान्य घाइते भएको डिएसपी लामाले बताए। उनका अनुसार मृतक युवतीको श व पोस्ट,मार्टमका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ। त्यस्तै, घाइतेको भने स्थानीय स्वास्थ्य चौकीमै उपचार भइरहेको लामाले बताए। यता स्थानीयहरुले भने विद्युत प्राधिकरणको लापरवाहीले गर्दा युवतीको ज्यान गएको आरोप लगाएका छन्। हिजोनै नाङ्गो तार भुईमा चुडिएर खसेपछि प्रााधिकरणलाई खबर गरेपनि बेवास्ता गरेको स्थानीयले बताए।
तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज