कोरोना उत्पत्तिबारे चीनलाई थप दबाब दिन सकिदैन – Thulo Khabar


२५ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ अधिकारीले चीनलाई कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताएका छन् ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै पनि अधिकार नरहेको बताएका हुन् ।

‘हामी आफ्ना सदस्य मुलुकबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गर्छौं’, रयानले भने । अझै पनि कोरोना भाइस जनावरबाट मानिसमा आएको वा प्रयोगशालाबाट निस्किएको हो भन्ने टुङ्गो लागिसकेको छैन ।

विशेषगरी चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । धेरै वैज्ञानिकहरुले कोरोनाको उत्पत्तिको विषयमा पूर्णरुपमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

यस वर्षको सुरुआतमा डब्ल्यूएचओका वैज्ञानिकहरुको टोलीले चीनको भ्रमण गरेका थिए । यद्यपि उनीहरुले कोरोनाको उत्पत्तिबारे अनुसन्धानको लागि सबै डेटाहरुमा आफूहरुलाई पहुँच नदिइएको आरोप लगाएका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गरेका थिए । उनका विदेशमन्त्री माइक पोम्पेओले पनि आफूहरुसँग चीनको प्रयोगशालाबाट कोरोना बाहिरिएको प्रमाण आफूहरुसँग भएको बताउने गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज