आयल निगमद्वारा लगातार १३ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि ।

काठमाडौं : विगत १० महिनामा नेपाल आयल निगमले १३ पटक पेट्रो’लियम पदा’र्थको मूल्य बृद्धि गरेको छ । यति हुँदा पनि गत बर्ष १२ अर्व नाफा कमाएको निगमलाई यो बर्ष २ अर्व ५० करोड नोक्सा’न भएको छ । गत साउन महिनामा पेट्रो’लको मूल्य प्रति लिटर १०४ रुपैयाँ मात्र थियो । निगमले गत साउनदेखि जेठको दोस्रो सातासम्म अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा १३ पटकसम्म मूल्य बृद्धि गर्दा पेट्रो’लको मूल्य १ सय २५ रुपैयाँ पुगेको हो । गत मंसिर महिनासम्म डि’जेल प्रतिलिटर ९१ रुपैया कायम रहेको थियो । अहिले डिजेलको मूल्य बढेर १०८ रुपैयाँ पुगेको छ । गत बर्ष ६४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अहिले बढेर ८० रुपैयाँ पुगेको छ । वर्षभर नै पेट्रो’लियम पदार्थको मूल्य बढाउँदा पनि निमग यो बर्ष मासिक १ अर्ब २० करोड नो’क्सानमा रहेको छ । यो बर्ष १३ पटकसम्म मूल्य बढाउँदा पनि निगमले हालसम्म साँढे दुई अर्ब रुपैया नोक्सा’नी खाएको छ । नेपाल आयल निमगका अनुसार निगमलाई पेट्रोलमा ५ रुपैयाँ नो’क्सानी छ भने डिजेलमा साँढे ३ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २ सय ५८ रुपैयाँ नोक्सा’नी छ । बिश्वब्यापी को’रोना भाइ’रसको महामा’री र लक’डाउनको कारण अन्तराष्ट्रिय बजारमा पेट्रो’लियम पदार्थको मूल्यमा खासै चाप परेको छैन । पाँच बर्ष बर्ष अघि अन्तराष्ट्रिय बजारमा पेट्रो’लियम पदार्थको मूल्य प्रति ब्यारेल १ सय ३८ अमेरिकी डलर कायम रहेको थियो । हाल बिश्व बजारमा पेट्रो’लियम पदा’र्थको मूल्य प्रति ब्यारेल ७१ अमेरिकी डलर छ । बिश्व बजारमा प्रति ब्यारेल पेट्रो’लियम पदार्थमा मूल्य घट्दा नेपालमा लगातार पेट्रो’लियम पदार्थको मूल्य बृद्धि हुुनुमा निगमको एकाधिकार र आन्तरिक ब्यवस्थापन ‘जिम्मे’वार रहेको उपभोक्ता अधिकारकर्मीको गु’नासो छ । गत बर्षको लक’डाउन र कोरो’नाको महामा’रीको समयमा पनि निगमले १२ अर्ब रुपैयाँ नाफा कमाएर कर्मचारीले बोनस खाएका थिए । तर यो बर्ष निगमले लगातार मूल्य बढाउँदा पनि अन्तराष्ट्रिय बजार मूल्यको कारण नोक्सानी भएको जनाएको छ तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज