पाकिस्तानमा २ रेलबीच प्रतिस्पर्धा हुँदा झन्डै ३० जनाको मृत्यु, ५० घाइते । – Thulo Khabar

मुल्तान : पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दु’र्घटनामा कम्तीमा ३० जना यात्रुको मृ’त्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धा’रकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्या’पिएका घा’इते एवं मृत’कका श’व बाहिर निकालेका छन् । मिल्लात एक्स’प्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घो’ट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थु’निएका व्यक्तिहरु उ’द्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्ना’वशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए । मिल्लात एक्स’प्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घो’टकीका उपआयुक्त उस्मान अब्दु’ल्लाहले बताए । उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनु’सन्धान शुरु भएको जानकारी दिए । अब्दु’ल्लाहले ‘ विवरण अनुसार कम्तीमा ३० जनाको मृ’त्यु भएको बताए । रेलवे अधिकारीहरुका अनुसार दुबै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए । घा’इते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृ’तकको संख्या बढ्न सक्ने अधिकारीहरुको भनाई छ ।–एपी तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज