अब प्रभुराम शर्मा प्रधानसेनापति बन्दै ! –  

काठमाडौं : सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आइतबार प्रधानसेनापति थापाले सेनामा जिम्मेवारी सम्हालेको एक हजार दिन पुगेको उपलक्ष्यमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् । हाल बलाध्यक्ष र ब’लाधिकृत दुवै रथीको जि’म्मेवारी वहन गरिरहेका भावी प्रधानसेनापति प्रभुराम शर्मालाई नेतृत्व हस्ता’न्तरण गर्ने प्रक्रिया सुरु गरिएको हो । तीन महिनामा कुनै उथलपुथल नभए शर्माले नै अब सेनाको नेतृत्व गर्नेछन् ।सेनामा सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ । त्यसअनुसार थापा साउन २४ मा विदामा बस्नुपर्ने हुन्छ । तर, थापाले त्यसअघि नै शर्मालाई प्रधानसेनापतिमा सिफारिस गर्नेछन् । जसअनुसार आइतबारदेखि नै नेतृत्व हस्तान्तरण सुरु गरिएको हो ।थापाले नयाँ आउने नेतृ’त्वको टिमलाई आफ्नोमा सँगै सहकार्यमा लगाउन थालेका छन् । नयाँ नेतृत्वले आफू अनुकूलको संरचना तयार गर्ने प्रचलन छ भने केही पुरानै र केही नयाँ टिम त्यहाँ रहने गर्दछ ।यु’द्धकार्य महानिर्देशकको जि’म्मेवारी सफलतापूर्वक सम्पन्न गरेका सम्भावित प्रधानसेनापति शर्मा सेनाभित्र ‘एक्सन म्यान’का रूपमा चित्रण गरिने सैन्य अधिकारी हुन् । उनले ब’लाध्यक्ष र ब’लाधिकृत दुवै र’थीको जिम्मेवारी व’हन गरिरहेका छन् । उनीपछिका रथी ईश्वर हमाल फो’र्स क’माण्डरका रूपमा ’गो’लन हाइट’मा कार्यरत रहेका कारण दुवै जिम्मे’वारी उनमा आएको हो ।छिमेकी भारतबाट नेशनल डि’फेन्स कोर्स (ए’नडीसी) गरेका शर्माले भारत र अमेरिकामा उच्चशिक्षा एवं सै’न्य शिक्षा / कला हा’सिल गरेका छन् ।त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर उनी सा’मूहिक नेतृ’त्वमा नै विश्वास गर्ने व्यक्तिको छ’वि बनाएका मिलनसार सै’न्य अधिकारी हुन् ।-दृष्टि तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज