सातै दिन आरटीजीएस सञ्चालन गर्न केन्द्रिय बैंकको निर्देशन

फाइल नेपाल राष्ट्र बैंकले यहि जेठ २५ गते मंगलबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ । नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फर्छ्यौटका लागि केन्द्रिय बैंकले जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म बैकिङ्ग कारोबार पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । बैंकले सबै वित्तीय संस्थालाई ‘नर्मल विजनेस डे’ सञ्चालन हुने भन्दै कारोबार पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । बैंकले असार १ गते मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि साताका सबै कारोबार दिनहरुमा संक्षिप्त ‘बिजनेस डे’ सञ्चालन गरी ‘मर्निङ एक्सचेन्ज पिरियड फर कस्टमर एण्ड इन्टरबैंक पेमेन्टस्’ दिउँसो २ बजेसम्म कायम गरिएको जनाएको छ । प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज