‘३६ सालको जनमत संग्रहमा जंगल साफ भयो, ढुंगा-गिट्टी भारत पठाउने हो भने के रहन्छ ?’ – Thulo Khabar

२४ जेठ, विराटनगर । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले ढुंगा गिट्टी भारत निर्यात गर्ने संघीय सरकारको निर्णयको विरोध गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेश-१ प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले केन्द्र सरकारको निर्णयको विरोध गर्न आग्रह गरेका हुन् ।' ‘३६ सालमा जनमत संग्रह हुँदा जंगल साफ भए, त्यसपछि सबैको नजर खोलानाला,’ उनले भने,‘ चुरे पनि दोहन गरेर ढुंगा गिटीजति उतै (भारत) पठाउने हो भने के रहन्छ ? देश भनेको भूगोल मात्र होइन् ।’ प्रदेश २ सरकारले ढुङ्गा गिट्टी निकासीको विरोध गरेको बताउँदै उनले प्रदेश-१ ले पनि चुरे क्षेत्र जोगाउन आवाज उठाउनु पर्ने बताए । बैठकलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षको बजेट कहाँ हरायो भन्दै प्रदेश सरकारलाई प्रश्न पनि गरेका छन् । ‘पूर्वाधार विकास कोषको पैसा कहाँ गयो ?’ उनले भने,‘रातो किताबमा भएका योजनाको रकम कहाँ गयो ?’ सरकारले विनियोजन गरेको बजेट नै हराएका कारण जनतासम्म पुग्न पनि समस्या भएको उनले बताए । सरकारका कारण जनतासमक्ष पुग्न नपाएको बताउँदै उनले आफ्ना मतदातासँग माफी मागेका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: '280041239029772',
xfbml: true,
version: 'v2.7'
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
}(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज