उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकता नै नक्कली ?

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता प्रसंग फेरि एकपटक चर्चामा आएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले गृहमन्त्री शक्ति बस्नेतलाई शनिबार ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छानविन माग गर्‍यो । नेपालमा करिब-करिब २५ वर्षदेखि राजनीति गरिरहेका र पटक-पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा तानिएको यो पहिलोपटक भने होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर छोडेको विषय हो यो । ०६८ सालमा अख्तियारले गृह मन्त्रालयलाई महतोको नागरिकता सम्वन्धमा पत्राचार गरेको थियो ।अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।
तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज