एकजना छोरा र दुई छोरी अष्ट्रेलियामा, नेपालमा एक्लै बसेका आमाबाबुको मृत्यु, बिरामी पर्दा स्याहार्ने कोहि भएन


झापा – झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६ वर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।

पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उनले बताए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।

त्यस्तै विवाहको रमझममा पुगेका एक दम्पत्तीले एक महिनाको बिचमा संसार छोडेकाछन् । पाल्पा बगनासकाली गुगाका स्थानिय वुटवलमा बस्दै आएका थिए । बुटवल तिलोब्त्तमा जोगिकुटी शान्तिपथमा रहेको गणेश वस्याल र उनको श्रीमती पुतलाले एक महिना भित्रै संसार छोडेका हुन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज