शाओमीका स्मार्टफोनमा छिट्टै भूकम्प पूर्वसूचना प्रणाली आउन सक्ने

शाओमीले आउँदा दिनमा आफ्ना स्मार्टफोनमा भूकम्प पूर्वसूचना प्रणाली उपलब्ध गराउने सम्भावना रहेको बुझिएको छ। कम्पनीले सन् २०१० मै आफ्नो स्मार्ट टीभीको कस्टम एमआईयूआईमा भूकम्प पूर्वसूचना प्रणाली समावेश गरेको थियो। यो फिचर छेङ्दु हाइ टेक डिजास्टर मिटिगेशन इन्स्टिच्युटको सहकार्यमा सम्भव भएको थियो। कम्पनीले हालै एउटा तथ्याङ्क सार्वजिक गर्दै यस फिचरले ३५ ओटा ४ रेक्टर स्केलभन्दा माथिका भूकम्पनका बारेमा चेतावनी दिएको तथा  रिलिज भएदेखि हालसम्म १ करोड २० लाखभन्दा बढी पूर्व सूचना दिएको थियो। यसका लागि शाओमीले स्मार्टफोनमा दुई ओटा प्रविधिलाई आत्मसात् गर्ने बुझिएको छ। यी प्रविधिको प्रयोगले भूकम्प अनुगमनको खर्त व्यापकरुपमा कटैती गर्ने तथा राष्रट्रिय भूकम्प अनुगमन तथा पूर्व सूचना प्रणालीलाई पूरा गर्न मद्दत पुग्नेछ। यी दुई प्रविधि सेन्सर र आर्टिफिसियल इन्टेलिजेन्स हुन्। यी दुवैको संयोजनबाट कम्पनीले आउँदा स्मार्टफोनमार्फत् भूकम्प पूर्व सूचना र अनुगमनलाई अगाडि बढाउने भएको हो। एमआईयूआई १२.५ को डेभलपर भर्सन चलाइरहेकाहरुले मोबाइल फोन म्यानेजरभित्र अर्थक्वेक अर्ली वार्निङ सेलेक्ट गरेर भूकम्प अनुगमन स्वयंसेवकका रुपमा काम गर्न सक्नेछन्। कम्पनीका अनुसार जब मोबाइल डिभाइसले कम्पन महसुस गरेपछि एज कम्प्युटिङका माध्यमबाट भूकम्प हो होइन भन्ने जाँच गर्छ। सही भएमा यसले पूर्व सूचना प्रणालीमा खबर दिन्छ। उक्त प्रणालीले विभिन्न मोबाइल डिभाइस तथा भूकम्पको तथ्यङ्क संकलनका लागि राखिएका एआई डिभाइसबाट आएका सूचनालाई गणना गरेर साँच्चै भूकम्प गए नगएको निर्क्योल गर्छ। तर कम्पनीले यो फिचरसहितका फोन कहिले आउँछ र चीनभन्दा बाहिर उपलब्ध हुन्छ हुँदैन भन्ने जानकारी दिएङ्को छैन। प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज