राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तकला महासंघको आर्थिक सहयोग


हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । महासंघले विगत लामो समय देखि जनहितकारी कार्यमा संलग्न रहदै आएको केन्द्रबाट कोभिड-१९ बाट संक्रमित विरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यबाट उक्त केन्द्रलाई रु. एक लाख आर्थिक सहयोग उपलब्ध गराईएको जानकारी दिएको छ । उल्लेखित सहयोग राशि सो केन्द्रको नाममा ग्लोबल आईएमई बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको सहयोगले कोभिड-१९ को न्यूनिकरणको निमित्त उक्त केन्द्रले सम्पादन गर्ने कार्यमा थप मद्दत पुग्न जाने महासंघले विश्वास लिएको छ । प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार
technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज