३२ बर्षकी भइन् नेहा कक्कड, यस्तो छ उनको संघर्षको कथा – पुरा पढ्नुहोस

बलिउड गायिका नेहा कक्कडको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३२ औं जन्मदिन मनाउदैछिन् । विकिपीडिया अनुसार सन् १९८८ जुन ६ मा ऋषिकेशमा जन्मेकी नेहाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् ।

विश्वमै सर्वाधिक खोजिने गायिकाको रुपमा पनि परिचित नेहाका धेरै फ्यानहरु छन् । इन्डियन आइडलको जज पनि बनेकी नेहा निकै संघर्षपछि यस स्थानमा आएकी हुन् । गरिब परिवारकी नेहा परिवारको लागि ४ बर्षको उमेरदेखि नै गाउन थालेकी थिइन् ।

उनले परिवारको सहयोगको लागि धार्मिक उत्सवमा गाउँदा ५ सय रुपैयासम्म कमाउने गर्थिन् । उनको पहिलो एल्बम २००८ मा ‘नेहा द रकस्टार’ नामको सार्वजनिक भएको थियो । पहिलो एल्बमबाट नै हिट भएकी नेहाले गीतबाट धेरैको मन जितिसकेकी छिन् ।

उनी एक महँगो गायिकाको रुपमा पनि चिनिदै आएकी छिन् । अहिले उनले एक बलिउड गीतका लागि करिब ८ लाख रुपैयाँ​ लिने गरेको भारतिय मिडियामा बताइएको छ ।

अभिनेता हिमांश कोहलीसँगको ब्रेकअप अझ चर्चामा आएकी नेहाले गएको बर्ष गायक रोहन प्रीत सिंहसँग विवाह गरेकी छन् । अहिले भने कोरोनाका कारण रेकडिङका कामहरु नहुँदा उनी अहिले घरमै समय विताइरहेकी छिन् ।

हाम्रो फेसबुक पेज