सामसङ ग्यालेक्सी ए५२ र ग्यालेक्सी एस१० सिरिजमा २०२१ जुन सेक्युरिटी प्याच उपलब्ध हुने


दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी ए५२ फोरजी तथा ग्यालेक्सी एस१० सिरिजका लागि सफ्टवयर अपडेट सार्वजनिक गरेको छ। यो सफ्टवयर अपडेटमा जुन २०२१ सेक्युरिटी प्याच समावेश हुनेछ। ग्यालेक्सी ए५२ को अपडेट ए५२५एफएक्सएक्स२एयूई२ A525FXX2UE2 भर्सन नम्बरका साथ आउने र हाल यो अपडेट ककेसस क्षेत्र तथा युक्रेनमा जारी रहेको कम्पनीले जनाएको छ। यस्तै एस१०ई, एस१० तथा एस१०+ का लागि भने जी९७एक्सएफएक्सएक्सबीएफयूई६ G97xFXXSBFUE6 फर्मवयर भर्सन सार्वजनिक भएको र हाल यो पोल्याण्डमा जारी रहेको बुझिएको छ। यी क्षेत्रमा रहेका यूजरहरुलाई सफ्टवयर अपडेटका बारेमा जानकारी पठाइसकेको र यसलाई डाउनलोड गर्नका लागि फोनको सेटिङ्समा गएर सफ्टवयर अपडेट मेन्युमा क्लिक गर्न सकिने कम्पनीको भनाइ छ। प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार
technologykhabarबाट साभार

हाम्रो फेसबुक पेज