नवलपुरमा थप ३ जनाको मृत्यु, २ जना कावासोतीका

[ad_1]
नवलपुर, जेठ १६  । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कावासोतीका २ जना र गैडाकोटका १ जना गरी ३ जनाको निधन भएको हो । यो सहित नवलपुरमा दोस्रो लहर शुरु भए यता ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ भने अहिलेसम्म नवलपुरका ७७ जना संक्रमितले ज्यान गुमाइ सकेका छन् । स्वास्थ्य कार्यालय नवलपुरका कावासोती ३ निवासी ५६ बर्षीया महिलाको आइतबार विहान ९ः१० बजे मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।   जेठ ९ गते मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना पोजेटिभ देखिएका ति महिला ११ गते चितवन मेडिकल कलेजमा उपचार पछि घर फर्किएका थिए । उनको स्वास्थ्यमा थप समस्या आए पछि गएराति मध्यविन्दु जिल्ला अस्पताल भर्ना भएकोमा आइतबार विहान निधन भएको हो । त्यसैगरी कावासोती ८ निवासी ४१ बर्षीय पुरुषका पनि कोरोनाको कारण ज्यान गएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार उनको निधन भएको हो । त्यसैगरी आइतबार गैडाकोट १७ निवासी ६० बर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा शनिबार साँझ निधन भएको हो । जेठ १० गते कोरोना पोजेटिभ देखिएको उनको चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो । नवलपुरमा अझै १ हजार बढी सक्रिय संक्रमित रहेको छ ।
[ad_2]
Source link

हाम्रो फेसबुक पेज