स्वास्थ्य विभागले मध्यविन्दु जिल्ला अस्पतालका लागि १५ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री उपलब्ध

[ad_1]
  नवलपुर,१९ जेठ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय अन्तर्गतको स्वास्थ्य विभागले मध्यविन्दु जिल्ला अस्पतालका लागि १५ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नवलपुर क्षेत्र नम्बर दुईका निवर्तमान सांसद तिलक महतको उपस्थितीमाा बुधबार अस्पताललाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको उपस्थितमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीर बहादुर थापालाई हस्तान्तरण गरेका हुन। स्वास्थ्य सेवा विभागले १५ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर ७ थान, पल्स अक्सिमिटर ५ थान सर्जिकल माक्स १००० थान, गाउन १०० थान, सेफ्टी चस्मा २५ थान, एन ९५ माक्स २०० थान लगाएतका सामाग्री अस्पताललाई प्रदान गरेको होे । यस अघि संघीय सरकारका तर्फ बाट अस्पतालमा अक्सिजन प्लान्ट बिस्तार गर्न ७५ लाख बजेट विनियोजन भएको छ ।  
[ad_2]
Source link

हाम्रो फेसबुक पेज