नेपालमा बुधबार थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ३७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ जना पुगेका छन् ।