कर्णालीमा जेठ २४ गते बोलाइयो बजेट अधिवेशन – Thulo Khabar

२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि बोलाइएको छ । प्रदेश सरकारको सिफसिरमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गते बजेट अधिवेशनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: '280041239029772',
xfbml: true,
version: 'v2.7'
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
}(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार

हाम्रो फेसबुक पेज