सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक बस्दै – Thulo Khabar


२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ ।

कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो ।

कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

विविध विषयअन्तर्गत वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्नेबारे पनि छलफल हुन सक्ने स्रोतले बतायो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन गर्ने बताएका थिए । संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

यो पनि पढ्नुहोस प्रधानन्यायाधीशको प्रतिवद्धता : संवैधानिक इजलास अब वरिष्ठताकै आधारमा गठन गर्छु
window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार

हाम्रो फेसबुक पेज