काठमाण्डु महानगरले निःशुल्क पीसीआर परीक्षणका लागि पुनः स्वाब संकलन गर्ने

आइतबारदेखि काठमाण्डु महानगरपालिकाले स्वाब संकलन शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलिदेखि पुनः स्वब संकलनको कार्य सुचारु गर्न लागिएको बताए ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए । मेयर शाक्यले काठमाण्डु उपत्यकामा बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए ।

Share on:

ताजा समाचार पढ्नुहोस