शुक्रबार तपाईँको दिन कस्तो रहनेछ ?हेर्नुस राशिफल



वि.सं.२०७७ साल मंसिर ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  कृषी तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मायाप्रेम तथा पतीपत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा रमाउँन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ ।

Share on:

ताजा समाचार पढ्नुहोस

नेवाः जातीय महासंघ गठन हुने

देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

प्रजातन्त्र सेनानी कामीको निधन