प्रधानमन्त्री ओलीले बहिनीको हातबाट लगाए भाइटीका

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालका हातबाट भाइटीका लगाएका छन्। बिहान ११:३७ को शुभसाइतमा बालुवाटारमा कोशल्याले दाजु केपी शर्मा ओलीलाई भाइटीका लगाइदिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला पहिरियाइदिएकी थिइन् भने सगुन पनि दिइन् । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई सप्तरंगी टीका र मालाका साथै दक्षिणा प्रदान गरेका थिए ।

Share on:

ताजा समाचार पढ्नुहोस