हेलिकप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै ।


तारानाथ आचार्य बलेवा : एक सातादेखि बागलुङमा हेलिकप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलि’कप्टर आएर को’रोना र अन्य श’ङ्कास्पद बि’रामी पोखरा तथा काठमाडौँ लैजाने गरेको थियो । हेलि_कप्टरका लागि स्थानीयवासीले रु चार लाखसम्म खर्च पनि गरे । बागलुङ अस्पतालमा उपचारपछि निको हुन्छ भन्ने विश्वास नभएपछि उनीहरुले शहरी क्षेत्रमा लगेका हुन् । हेलिकप्टरमा पठाइएका बिरामी अधि’कांश फर्कन सकेका छैनन् । कतिपयको उतै निधन भयो । कतिपय अझै निको भएका छैनन् । को’रोना स’ङ्क्रमणले देश आ’क्रान्त पारेका बेला राम्रो उप’चार खोज्दै हिँड्दा कतिपयले बाटैमा ज्या’न गुमा’एका छन् । बरु नजिकका अस्पतालमा बसेर उपचार गरेका फर्कन सफल छन् । “हाइफ्लो अ’क्सिजन र भेन्टि’लेटरका सेवा खोज्दै सहर पसे पनि राम्रो उपचार अहिले देशैभरि छैन धौलागिरि अस्पतालका मेडि’कल सुपरि’टेन्डेन्ट डा शैलेन्द्र पोखरेलले भन्नुभयो, “दक्ष चिकित्सक आफैँ खटिएर सेवा दिएमा अन्यत्र गइरहनु पर्दैन ।” अस्पतालमा अहिले पनि कन्स’ल्ट्यान्ट डाक्टर नै कोरोना उपचारमा नियमित खटिएका छन् । आइ’सोलेशनमा दक्ष नर्स र स्वास्थ्यकर्मी पनि निरन्तर लागेकाले निको हुनेक्रम पनि यहाँ बढी छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभि’ड स्थानीय स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार सङ्क्र’मितले आत्म’बल बलियो बनाउने, नियमित खाना खाने हो भने धेरै निको हुन्छन् । परिवार र स्वास्थ्यकर्मीको साथ भएका छिट्टै निको भएर फर्केको उहाँले बताउनुभयो । “काठमाडौँमा भर्ना नपाएका बागलुङ आएर निको भएका छन्, शहरी क्षेत्र मात्र भनेर हुँदैन”, घिमिरेले भन्नुभयो, “सामान्य अवस्थामा शहरी क्षेत्रका अस्पताल राम्रो होलान, महामा’रीमा शहरी क्षेत्रमा चासो कम हुन्छ ।” ठूला अस्पतालमा एक दुई जनाको मृ’त्यु हुनुलाई सामान्य मानिने तर जिल्ला तहमा मृ’त्यु नहोस् भनेर काम भएको उहाँले बताउनुभयो । बडीगाड गाउँपालिका र बागलुङ बजार नजिकका बि’रामी धेरै हेलिक’प्टरबाट पोखरा र काठमाडौँ गएका छन् । तीमध्ये धेरैले ज्या’न गु’माइ सकेका छन् । पोखरा काठमाडौँ पु¥याइएपछि मृत्यु भएकाको परिवारले श’व व्यवस्थापनसमेत गर्न पाएका छैनन् । सदरमुकामकै बागलुङ नगरपालिका– ४ का दुइजनाले पनि हेलि’कप्टरमा गएर फर्कन सकेनन् । जिल्लामा कति जनाले हेलि’कप्टरमा उपचार खोज्दै शहर पसे भन्ने तथ्याङ्क भने कसैले राखेका छैनन् । अहिले कोरो’ना सङ्क्र’मितलाई होम आइसो’लेशनमा बस्न पाउने मापद’ण्ड बनाइएको छ । घरमा बसेकै कारण धेरैलाई छिट्टै निकोसमेत भएको छ । घरमा बस्नेले जटिल समस्या आउञ्जेल अस्पताल नजाने प्रवृत्तिले मृ’त्युका घ’टना बढेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले बताउनुभयो । “घरमा बस्न भनिएको हो, तर समस्या आएकाले छिट्टै अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समयमा उपचारमा नआएका कारण कतिपयको ज्या’न गएको छ ।” आर्थि’करुपमा सम्पन्न भएकाले पनि ढिला उपचारमा निस्केर ज्या’न गुमा’एका छन् । हेलिकप्टरमा लाखौँ खर्चन सक्नेले समयमा अस्पताल पुग्ने चाहना नराख्दा मृ’त्युवरण गर्नुपरेको मेडिकल सुपरि’टेन्डेन्ट डा शैलेन्द्र पोखरेलको भनाइ छ । “अस्पताल आइसकेपछि उपचार नभएको हैन, भुइँमै राखेर भए पनि अक्सिजनको व्यवस्थापन गरेका छौँ” उहाँले भन्नुभयो, “समस्या आउन लाग्दा वास्ता नगरेर अन्तिम परेपछि सोझै पोखरा हानिन खोज्दा धेरैको मृ’त्यु भएको छ ।” काठमाडाँमा अक्सिजनसहितको श्यया नपाएर रातारात बागलुङ आइपुगेकी एक महिला भने निको भएर घर फर्किनुभएको छ । ढोरपाटन नगरपालिका– ३ की ३५ वर्षकी महिला धौलागिरि अस्पताल आइपुगेको साताभित्रै निको भएर घर फर्किनुभएको हो । उहाँको काखमा ११ मही’नाका बालक छन् । बालक भएकाले कुरुवा बस्ने श्यया पाउन नसकेपछि काठमाडौँबाट रु ५० हजार खर्चेर ती महिला बागलुङ आउनुभएको थियो । यहाँ आएपछि उहाँको परिवारका सदस्यले स्याहार गरे । उहाँको आत्मबल पनि बलियो भएपछि छिट्टै को’रोना जि’त्नुभयो ।-रासस

हाम्रो फेसबुक पेज