सिरहाको गोलबजारबाट सात लाख नक्कली नोटसहित तीन जना पक्राउ

सिरहाको गोलबजार नगरपालिका (६ लामाटोलबाट करिव ७ लाख नक्कली नोट सहित शास्त्र प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारको संयुक्त टोलिले हजार दरको नोट भएको ६ लाख ८४ हजार नक्कली नोट सहित गोलबजार नगरपालिका – १२ वेतौनाका- २५ बषिय धिरज राय , २० वर्षिय सञ्जय राय र कल्याणपुर नगरपालिका – ७ का २४ वर्षिय विमलेन्द्र नायकलाई नियन्त्रणमा लिएको हो ।

असोज २१ गतेबाट उनीहरु तिनैजना गोलबजार नगरपालिका – ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा वस्दै आएका थिए । विशेष सुचनाको आधारमा त्यहाँ पुगेका प्रहरीले वडा अध्यक्ष बसन्त लामाको उपस्थितीमा खान तलासी गरेको जनाएको छ । उनीहरुसँग अझै दुईजना रहेको डिएसपी निलकमल आचार्यले जानकारी दिए । ती दुई जना भने भाग्न सफल भएको बताइएको छ ।

प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ । प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राई र सशस्त्रका डिएसपी निलकमल आचार्यको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भैईरहेको शास्त्र प्रहरीको डिएसपी आचार्यले जानकारी दिएकोछ ।

Share on:

ताजा समाचार पढ्नुहोस

पहिरोपीडितलाई रेडक्रसको सहयोग

बागलुङमा ७ हजार ८ सयको कोरोना बिमा

भ्रष्टाचार आरोपमा एक मन्त्री गिरफ्तार