ललितपुरको इमाडोलमा भीषण आगलागी

ललितपुरको इमाडोलमा भीषण आगलागी भएको छ । फोहोर संकलन केन्द्रमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ । महालक्ष्मी नगरपालिकामा रहेको खण्डा गार्मेण्ट कारखानामा उक्त आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले आगलागीको कारण खुल्न नसकेको बताएका छन् ।

उनले आगो नियन्त्रणका लागि ललितपुरसँगै काठमाण्डुबाट दमकल मगाइएको जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share on:

ताजा समाचार पढ्नुहोस