सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

सानिमा बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।  सानिमा बैंक लिमिटेडले आज शुक्रबारका दिन १६औंवार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको  हो ।

विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयर धनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १०प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७६-७७मा १.७८अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति.१२६.३१अर्ब, कुल निक्षेप ११०.१०अर्ब तथा खुद कर्जा सापटी ९३.६९अर्ब रहेको छ । आर्थिक वर्ष २०७५-७६को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१प्रतिशतले वृद्धि गरेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटिएम संचालनमा रहेका छन् ।

Share on:

ताजा समाचार पढ्नुहोस