पछिल्लो २४ घण्टामा २३४९ कोरोना संक्रमित डिस्चार्ज, १९१३ जना थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ५ सय ९२ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १५ लाख ८४ हजार ३ सय १७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ जना पुगेका छन् ।

Share on:

ताजा समाचार पढ्नुहोस