तिहारपछि काठमाण्डु उपत्यकामा कडा लकडाउन गर्न प्रस्ताव

उपत्यका नगरपालिका फोरमले काठमाण्डु उपत्यकामा लकडाउन गर्न सुझाव दिएको छ ।

बुधबार फोरमले कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सिसिएमसिलाई काठमाण्डु उपत्यकामा तिहारलगत्तै लकडाउन गर्न प्रस्ताव गरेको हो ।

फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुुन्दर श्रेष्ठले काठमाण्डु उपत्यकामा कोरोना संक्रमण बढिरहेकाले केही समयका लागि कडा लकडाउन हुनसक्ने जानकारी दिए ।

मेयर श्रेष्ठले काठमाण्डु उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको जानकारी दिए । उनले उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको बताए ।

Share on:

ताजा समाचार पढ्नुहोस