नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या दुई लाख नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय ६६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ६२ हजार २ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर परीक्षण गरिएको छ । हालसम्म १५ लाख ७४ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा हुनेहरुको संख्या २८ हजार ३ सय ९३ जना रहेको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ जना पुगेका छन् ।

Share on:

ताजा समाचार पढ्नुहोस