देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

काठमाण्डु उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डुको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ ।

शुक्रबार काठमाण्डुको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाण्डु उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ ।

‘दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ’, मौसमविद् मानन्धरले भने, ‘केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ ।

Share on:

ताजा समाचार पढ्नुहोस

पहिरोपीडितलाई रेडक्रसको सहयोग

बागलुङमा ७ हजार ८ सयको कोरोना बिमा

भ्रष्टाचार आरोपमा एक मन्त्री गिरफ्तार